काठमाडौं । केही समय पहिले भारतीय पर्यटकको होटलका सामान चोरेको भिडियो भाइरल भएको थियो । अहिले एक भारतीय पर्यटक भुटान पुगे । उनले डोलोचामा रहेको नेशनल मेमोरियल स्तूपमा पुगेर केही तस्विर खिचाए । तस्विर भाइरल भयो किनकि उनले फोटो लिने ठाउँ धार्मिक ठाउँ थियो ।

उनको त्यो हर्कतले स्थानीय जनताको धार्मिक भावनामा चोट पुगेको छ र यसपछि रोयल भूटान पुलिसले उनलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ । बुद्ध धर्ममा स्तूपलाई महत्त्वपूर्ण प्रतीक मानिन्छ । यी स्तूपहरू भुटानमा पूजा गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भुटानको एक रिपोर्ट अनुसार पक्राउ परेका पर्यटक अभिजित रतन हजारेको रुपमा पहिचान गरिएको छ जो महाराष्ट्रका हुन् । भारतबाट १५ जना बाइकर चालकहरूको समूह भूटान भ्रमण गर्न गएको थियो । अभिजीत पनि यसमा संलग्न थिए । आरबीपीले अभिजितको राहदानी कब्जा गरेको छ र अनुसन्धान भइरहेको छ । अभिजीतका साथ भूटान गएका साथीहरू भन्छन कि ऊ खडा भएको ठाउँमा बौद्ध स्तूप हो भनेर उसलाई थाहा थिएन ।

https://twitter.com/thebhutanese/status/1185130705988157440?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1185130705988157440&ref_url=https%3A%2F%2Fwww.thelallantop.com%2Fnews%2Findian-tourist-detained-in-bhutan-for-climbing-atop-of-holy-buddhist-chorten%2F

अभिजीतको यस कृत्यमा सोशल मीडियाका भारतीय प्रयोगकर्ताहरू यी व्यक्तिहरू विरूद्ध कडा कारबाही हुनुपर्ने बताउँदैछन् । व्यक्ति फोटोग्राफर गर्न केहि पनि गर्छन्, त्यसैले यी मानिसहरूलाई पाठ सिकाउन महत्त्वपूर्ण छ । अभिजीतले गरेको गल्तीको लागि भारतीय प्रयोगकर्ताहरू भूटानका जनतासँग माफी मागिरहेका छन् । एजेन्सी

सम्बन्धित खबरहरु