काठमाडौं । गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् ।

मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख १३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा ग¥यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर, बालिकाको आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो पनि, काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लास्थित कुन्छेपकालको डाँडामुनि रहेको जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ थालिएको छ । तारकेश्वर नगरपालिकाको मिलिमतोमा व्यवसायीले सार्वजनिक जग्गासमेत अतिक्रमण गरेर धमाधम प्लटिङ गरेको स्थानीय बासिन्दाको आरोप छ ।

व्यवसायी विनोद पण्डितले तारकेश्वर नगरपालिकाका पदाधिकारीसँग मिलेमतो गरी साङ्लामा रहेको ५० रोपनी जग्गामा प्लटिङ गर्दा ५० वटा रूख काटिएका छन् भने खेतीयोग्य जमिनसमेत नष्ट भएको छ ।

खानेपानीको मुहानमा समेत असर परेको छ । प्लटिङ गर्दा सो क्षेत्र माथि र तल रहेका दर्जनौँ घर जोखिममा परेका छन् । प्लटिङभन्दा माथि ढकाल बस्ती र मुनि अधिकारी बस्ती रहेको छ । ती दुवै बस्तीहरुमा जुनसुकै समयमा पनि पहिरो आउने जोखिम बढेको स्थानीयको गुनासो छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित खबरहरु