काठमाडौं । हरेक दिनजसो पशुपति आर्यघाटमा श'व जलाउन मान्छेहरु आइरहेका हुन्छन् । आफन्त गुमाउदाको पिडासँगै अब अर्को तनव सुरु भएको छ । भएको के भने लास जलाउनेहरुले विभिन्‍न माग राखेर आन्दोलन थालेका छन् । श'व जलाउनेहरु आन्दोलित भएपछि श'व ज'ल्ने कुरै भएन । कामदारहरु श'व जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको जानकारी दिएको छ । आफुहरुका माग पूरा नभएको भन्दै उनीहरुले बुधबार बिहानदेखि आन्दोलन थालेका हुन् ।

कामदारहरुले बिहान ६ बजेदेखि अनिश्चितकालका लागि श'व दाह गर्ने, दाउरा बोक्ने र खाडल खन्‍ने काम बन्द गरेको एक पत्रमार्फत जानकारी दिएका छन् । श'व जलाउनेहरुले आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति सिर्जना भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल अनुसार असन्तुष्ट पक्षसँग वार्ता भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु