काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पुर्व मन्त्री अफताव आलम अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनी १२ वर्ष पहिले भएको घटनामा अहिले प'क्राउ परेका हुन् । अत्तरको बास्ना ढोकासम्मै मगमगाइरहेको थियो । डीएसपी नवीन कार्कीले बाहिरैबाट एकजना सहयोगीलाई सोधे, ‘मान्यज्यू, होइसिन्छ ?’ उनले जवाफ दिए, ‘मन्त्रीजी त लुगा लगइरहनु भएछ !’

‘मान्यज्यू’चाहिँ भित्रैबाट कराउन थाले, ‘ए, तिमीहरू मलाई नसोधी किन आएको ?’ यसपछि इन्स्पेक्टर पप्पु नायक रन्किए, ‘सा'ले, अप'राधीलाई सोधेर आउनुपर्ने..?’ ‘मान्यज्यू’ पड्किन थाले, ‘अरे, को अपराधी छ रे यहाँ ?’ सांसद अफताव आलमलाई गौरस्थित उनकै घरबाट गि'रफ्तार गर्दाको दृश्य हो यो।

ढोकादेखि नै सुरु भएको भनाभन क्रमशः चर्किंदै गयो। डीएसपीले भने, ‘हजुरलाई लिन आएको, जिप्रका जाऔं।’ उनले ‘किन जाने म ?’ भन्दै अस्वीकार गरे। डीएसपीले प'क्राउ पुर्जी देखाएर भने, ‘हाम्रो गाडीमा चढौं !’ अफतावले मानेनन्। ‘गु'ण्डागर्दी गर्ने! सर्वोच्व अदालतले मुद्दा नचलाउन भनेको छ। त्यहीमा पुर्जी ल्याएर आउने ?’ यसो भन्दै उनी कसैलाई फोन डायल गरिरहेका थिए। इन्स्पेक्टर पप्पुले मोबाइल खोसेर ह'त्कडी निकाले।

यतिन्जेलमा धेरै मान्छे भेला भइसकेका थिए। डीएसपीले भने, ‘पहिला जिप्रका जाऔं, अनि उतै कुरा गरौंला।’ आफतावले ‘एसपीलाई यहाँ पठाउनुस्। म मन्त्री भएको मान्छे किन पुलिसको थानामा जाने’ भन्दै गलफत्ती गर्न थाले। प्रहरीको गाडीमा पनि चढ्न मानेनन्। इन्स्पेक्टरले वाकिटाकीबाट कन्ट्रोललाई कल गरे, थप मद्दत टोलीलाई मुभ गराइदिनु भनेर।

यसपछि पुलिसले तानेर भए पनि लैजान्छ भन्ने पर्‍यो होला, बल्ल अफताव गले। भने, ‘मेरै गाडीमा गए हुँदैन ?’ त्यसपछि उनकै गाडीमा इन्स्पेक्टरसहित पाँच जनाले बीचमा राखेर जिप्रका पुर्‍याए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

घरबाट जिप्रका पुग्दासम्म प्रहरीलाई यति धेरै मुख छाडे कि एक जना प्रहरील झापड हा'न्ने पोजिसनमा पुगिसकेका थिए, तर इन्स्पेक्टरले औंलो तेर्स्याएर चेतावनी दिएपछि हात झारे। यो खबर जनआस्था साप्ताहिकमा छापिएको छ।

सम्बन्धित खबरहरु