काठमाडौं । मान्छेहरुले भिड भएको क्षेत्रको घर अचानक भत्केपछि केही व्यक्ति घाइते भएका छन् । चाबहिलस्थित मूल सडकमै घर भत्किएपछि ठुलो दुर्घटना भएको हो । बुधबार दिउँसो भत्किएको उक्त घरमा मानिस पुरिएको समेत आशंका गरिएको छ । भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो । केही दिनअघिबाट क्रेन प्रयोग गरी चारतले पुरानो घर भत्काउन थालिएको थियो । तर, आज भत्काउन थालिएको उक्त घर ढलेपछि मान्छे पुरिएको आशंका गरिएको छ । ३ जना घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु