काठमाडौं । पछिल्ला दिनहरुमा लगातार नेताहरुका हर्कतहरु खुल्दै आएका छन् । तल्लो देखि माथिल्लो तहसम्मका नेताहरुका विभिन्न प्रकरणमा खुल्न थालेका छन् । यसमा सबैभन्दा धेरै यौन काण्डहरु नै बजारमा धेरै आएका छन् । तत्कालिन सभामुख कृष्ण बहादुर महरा पनि यस्तै काण्डमा फस्नु भएको छ । यो बीचमा अहिले सामाजिक सञ्जालमा अर्को एक भिडियो भाइरल भएको छ ।

यो भिडियो बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीको हो । उनले आफ्नै पार्टीका स्थानीय नेता (जो नाताले जेठाजु पनि पर्छन) लाई तथानाम गाली गरेर आलोचित बनेकी छिन् । उपाध्यक्ष ठगुन्ना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ हुन् । सामाजिक सञ्जालमा भ्रष्टाचार गरेर पैसा खाएको भनेर नाताले जेठाजु पर्ने राजु जाग्रीले ठगुन्नाको स्टाटसमा कमेन्ट लेखेपछि विवाद बढ्दै गएको ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जाग्री केदारस्युँ ७ निवासी हुन् । उपाध्यक्ष ठगुन्ना र जाग्रीबीचको फोनवार्ताको अडियो सार्वजनिक भएको छ । फोनमा उपाध्यक्ष ठगुन्नाले जाग्रीलाई सुन्नै नसकिने अप शब्दहरू प्रयोग गरेर गाली गरेकी छिन् । फोनवार्तामा उपाध्यक्ष धामीले अपाच्य शब्द प्रयोग गर्दै जाग्रीलाई झपारेको प्रष्टै सुन्न सकिन्छ । जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् । थप अडियो सुन्न यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु