घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु


काठमाडौं । तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताउनुभयो । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिनुभयो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ । उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैं तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिनुभयो । रासस

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता