रासस/एएफपी । बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्यु द'ण्डको सजाय सुनाएको छ । उनीहरुलाई एक छात्रा जी'वितै ज'लाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको ज'लाएर ह'त्या गरिएको थियो ।

नुसरतले एक शिक्षकले आफूलाई यौ'न दुर'व्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्विकार गरेपछि उनको ज'लाएर ह'त्या गरिएको बताइएको छ ।

‘यस फैसलाले बङ्गलादेशमा ह'त्याबाट कोही पनि उम्कन सक्दैन भन्ने प्रमाणित गर्दछ । न्यायाधीस हाफिज अहमदले भन्नुभएको छ । ‘हाम्रो देशमा कानुनको शासन छ’ उहाँले पत्रकारलाई बताउनुभएको छ ।

सो ह'त्यामा प्रधानाध्यापक बाहेक उनका दुई सहपाठी छात्राको पनि संलग्नता भएको अदालतले ठहर गरेको छ । नुसरत मृत्युको घटनाले बङ्लादेशलाई स्तब्ध बनाएको थियो । त्यसपछि उनको न्यायको माग गर्दै शृखला वद्धरुपमा प्रदर्शन भइरहेका थिए ।

यस्ता खालका मुद्दाको टुङ्गो लाग्न वर्षौँ लाग्ने गरेको बङ्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै फैसला गरेको समाचारमा जनाइएको छ ।

न्यायाधीस अहमदले समाचारदातासँग अदालतको यो फैसलापछि बङ्गलादेशमा ह'त्या गरी सहजै उम्किन नसक्ने तथ्यलाई प्रमाणित गरिदिएको बताउनु भएको छ ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चारपाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।

उजुरी फिर्ता लिन अस्वीकार गरेपछि उनलाई जी'वितै ज'लाइएको थियो । उनले आ'त्मह'त्या गरेको जस्तो देखाउन खोजिएको भए पनि पछि ह'त्या प्रमाणित भएको छ ।

प्रहरीले उनको उद्धार गरेको र उनले घटनाको विषयमा दिएको बयान उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए ।

बयानको क्रममा नै नुसरतले केही आ'क्रमणकारीको नाम बताएकी थिइन् । शिक्षकले आफूलाई छोएको, सो अ'पराध विरुद्ध सास रहुञ्जेलसम्म लडिरहने बताएकी थिइन् । शरीरका ८० प्रतिशत भाग ज'लेका कारण उनको चार दिनपछि मृत्यु भएको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु