फर्निचर गोदाममा आगलागी


काठमाडौं । नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथासँगै रहेका गोदाममा आगलागी भएको हो । आज साँझ ५ः४५ बजे लागलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रण आइसकेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेकाले अहिले नै यकिन नभएको प्रवक्ता सिंहले बताउनुभयो । “अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गर्ने हो”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो । फर्निचर पसलमा आगलागी भएपछि बिपी चोक नजिकै घनाबस्तीको बीचमा पेट्रोलपम्प रहेकाले उच्च सतर्कता अपनाइएको सिंहले बताउनुभयो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पसलमा तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ एवं फर्निचर जलेका छन् । यसअघि पनि सोही स्थानमा रहेका एक दर्जन बढी फर्निचर पसल तथा गोदाममा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको थियो ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता