काठमाडौं । जाम्बियाका कारागारमा रहेका २८३ जना कैदी बन्दीलाई क्षमादान गरिएको छ । देशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति एड्गार लुङ्गुले उनीहरुलाई क्षमादानको घोषणा गर्नुभएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

[caption id="" align="aligncenter" width="2037"] File Photo[/caption]

गृह मन्त्रालयका स्टेफन काम्प्योङले कैदी बन्दीहरुमा सुधारका विभिन्न संकेतहरु देखिएपछि उनीहरुलाई आममाफी दिइएको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित समाचार हेर्नुहोस्, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन विताइरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वास्थ्यमा समस्या देखिएको भन्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले सरिफ कारागारमै विरामी भएको थाहा पाएपछि अस्पताल लैजाने व्यवस्था गरिएको र यसले आफूलाई चिन्तित बनाएको विहीबार बताउनुभएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका सरिफलाई सन् २०१७ देखि लाहोरस्थित कारागारमा राखिएको छ । उहाँलाई भ्रष्टाचारसम्बन्धी धेरै आरोपहरू लगाइएको छ । सरिफलाई गत मङ्गलबारदेखि अस्पताल राखिएको छ । ६९ बर्षिय सरिफलाई रगतमा प्लेटलेटको अवस्था खतरापूर्ण देखिएपछि अस्पताल लगिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिवेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नुभएको छ । प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)को नेतृत्व समेत लिनुभएका उहाँका भाई शहबाजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

शहबाजले मङ्गलबार लेख्नु भएको थियो,“पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य अवस्था निकै नराम्रो भएको छ । यसबारे मैले सबैको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । यतिवेला उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि प्रार्थना गर्न चाहन्छु ।”

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई मधुमेह लगायतका धेरै रोगले पहिलेदेखि नै सताउँदै आएको पारिवारिक श्रोतले जनाएको छ । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०१७ मा उहाँलाई दोषी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो । सरिफले भने आरोपलाई अस्वीकार गर्नुभएको छ । उहाँले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउदै आउनुभएको छ । सिन्हवा

सम्बन्धित खबरहरु