काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ ।

नेपाल आप्रो एशियाली जन एकता सङ्गठनले आज आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तक्र्रियामा उहाँले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्वरथी बालानन्द शर्माले संयुक्त राष्ट्रसङ्घको १७ वटा मिसनमध्ये १४ मिसनमा शान्ति स्थापनार्थ नेपाली सुरक्षाकर्मी खटिएको जानकारी दिनुभयो । कूटनीतिज्ञ जयराज आचार्यले संयुक्त राष्ट्रसङ्घको निर्देशनमा द्वन्द्वग्रस्त स्थानमा नेपाली सेना र प्रहरीले शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपालको अन्तर्राष्ट्रिय तहमा राम्रो छवि रहेको बताउनुभयो । सङ्गठनका अध्यक्ष हीरण्यलाल श्रेष्ठले सुडान र हैटीमा नेपाली सुरक्षाकर्मीले राम्रो प्रभाव पार्न नसकेको बताउँदै त्यसदेखि अन्य मुलुकमा राम्रो सफलता कायम गरेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु