यति धेरै संख्यामा नेपाल राष्ट्र बैंककले खुलायो जागिर, 10+2 पास योग्यताले समेत पाउँने


काठमाडौ । नेपाल राष्ट्र बैंककले विभिन्न पदका लागि ६७ जनाका लागि दरखास्त माग गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले सहायक निर्देशकका लागि २८ जनाको दरखास्त माग गरेको छ भने सहायक निर्देशक लेखामा ८ जनाको माग छ। त्यस्तै सहायक पदका लागि ३१ जनाको दरखास्त माग गरेको हो।

हेर्नुहोस विज्ञापन

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दरखास्त दस्तुर बुझाउने सम्वन्धी सूचना
बैंकमा रिक्त रहेका विभिन्न पदका लागि मिति २०७६।०७।०८ देखि २०७६।०७।२८ गते बैकिङ्ग समयभित्र दरखास्त दस्तुर सहित दरखास्त फाराम बुझाउनु हुन सूचित गरिन्छ । सो अवधिभित्र दरखास्त दस्तुर बुझाउन नसक्नेहरूका लागि मिति २०७६।०८।०५ सम्म दोब्बर दस्तुर तिरी अवेदन दिन सकिनेछ ।

दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु :

१. सर्बप्रथम Registration गर्नुहोस् | त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right
corner मा Registration मा click गर्नुहोस् |

क) Password कम्तिमा ६ characters को हुनु पर्नेछ, जस मध्ये एउटा Capital letter र एउटा Number हुनु पर्नेछ |

ख) Captcha राख्दा देखिए अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्ने |

२. यस पछि Login ID प्राप्त हुनेछ | एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेशपत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नु पर्ने भएकोले सो
Login ID र Password सुरक्षित राख्नु पर्नेछ |

३. पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् |

४. यसपछि General तथा Document दुबै tab को fields मा भर्नु पर्ने विवरणहरु भरी Submit गर्नुहोस् | दरखास्तवालाको नाम र पारिवारिक
विवरण देवनागरी (bishall font) मा लेख्नु पर्ने छ । अन्य विवरण ENGLISH मा भर्नु पर्ने छ ।

५. उपरोक्त प्रक्रिया पश्चात् बुझाउनु पर्ने परीक्षा दस्तुर र उल्लेख भएको Application Confirmation Slip प्राप्त हुनेछ | सो Application
Confirmation Slip लाई आफ्नो portal मा login गरे पश्चात् Applied Vacancies tab मा गएर पनि download या print गर्न सकिनेछ |

६. Online दरखास्त फारम Submit गरे पश्चात प्राप्त हुने Application Number अनुरुप बुझाउनु पर्ने परिक्षा दस्तुर eSewa, Fone Pay,
RBB Mobile Banking, Connect IPS मार्फत बुझाउनु पर्नेछ । Application Number र नाम उल्लेख नगरिएको तथा तोकिए बमोजिमको
रकम जम्मा नगरेको Online दरखास्त फारम रीतपूर्वक भएको मानिने छैन।

७. eSewa, Fone Pay , RBB Mobile Banking, Connect IPS मार्फत भुक्तानी गर्दा आफ्नो User Id र Password प्रयोग गरी पुन:
Login अथवा View all vacancies मा Click गर्दा देखिने Payment Option हरु मध्ये आफुले प्रयोग गर्न चाहेको Option मा Click
गरी भुक्तानी गर्न सकिनेछ ।

८. परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ ।

९. प्रवेशपत्र तथा परिक्षाकेन्द्र सम्वन्धी सुचना बैंकको Website मा पछि प्रकाशित गरिनेछ ।

१०. परीक्षा फाराम भर्दा खुला, महिला तथा समावेशी समुहमध्ये कुन कुनमा भर्ने सो सम्बन्धमा स्पष्ट हुनुपर्नेछ । एकपटक फर्म submit गरेपछी पुन समुह
थप गर्ने गरी फर्म Edit गर्न पाइने छैन ।

११. एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस गरी
online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |

१२. दरखास्त Reject वा Accept भएको जानकारी SMS मार्फत् गराइनेछ । तथा सो को जानकारी यस बैंकको website मा login गरी केही दिन
पछि हेर्न सकिने छ । कारणबस Reject भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने छ ।

१३. समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र “Documents” tab मा अनिवार्य upload गर्नु पर्नेछ |

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं