काठमाडौं । राजनीतिक लाभका लागि दजनौं व्यक्तिहरुलाई जि'उँदै ज'लाएको आरोप लागेको सांसद थप ८ दिन हिरा'सतमा वस्ने भएका छन् । सांसद मोहम्मद आफताब आलममाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ । १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको ब'म वि'स्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो । यो बीचमा प्रहरी हिरासतमा रहेका सांसद आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै आज नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ ।

जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । गौरको बीपीचोकदेखि जिल्ला अदालत र यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस समाप्त भएको थियो । जुलुसमा आलमको गृहनगर राजपुरका वासिन्दा बढी सहभागी भएको भनिएको छ । यता सांसद आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन् । म्याद थपका लागि आज अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु