काठमाडौं । लामो समय देखि चर्चामा रहेको उप–निर्वाचनका लागि नेकपाले कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । कास्कीमा मंसिर १४ गते हुने उपनिर्वाचन हुँदैछ । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।

उनको नाम सुरु देखि नै चर्चामा रहेको थियो । बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको थियो । कांग्रेसले भने कुनै पनि ना खुलाएको छैन ।

सम्बन्धित खबरहरु