काठमाडौं । सामान्यतः औषधीको चक्की पानीसँगै खाइन्छ । पानीसँगै औषधीको चक्की निल्न सहज पनि हुन्छ । तर, धेरैले कहीलेकाहीं पानीबिना नै औषधी चक्की निल्छन् । स्वास्थ्यका हिसाबले यो हानीकारक पनि हुन सक्छ । पानी नखाई औषधीको चक्की निल्दा घाँटीको अन्ननली एसोफगस (अन्ननली) मा अड्कीएर जलन तथा दुखाई हुने जस्ता समस्या आउन सक्छ ।

 

यसले एसोफगसको तन्तुमा नै हानी पु¥याएर डिहाईड्रेसन र अल्सर जस्ता थप जटिलताहरू निम्त्याउन सक्छ । तसर्थ, यस्ता अनावश्यक जटिलताबाट टाढा रहनका लागि पनि औषधी सेवन गर्दा पानी पिउनु उत्तम हुन्छ । औषधी खाँदा रोग अनुसार डाक्टरको सल्लाहमा मात्र खानुपर्छ । सामान्यतः औषधी खाँदा केहि समयको अन्तरमा खानुपर्छ । प्रायः औषधीहरु सँगै खानु हुँदैन ।

दुई ओटा औषधी सँगै खाँदा प्रतिक्रिया भई त्यसको साइड इफेक्ट हुने अधिक सम्भावना हुन्छ । त्यसैले एउटा औषधी खाएको १५-२० मिनेटपछि मात्र अर्को औषधी खानु राम्रो हुन्छ । त्यस्तै औषधी खाने बित्तिकै सुतिहाल्नु पनि हुँदैन । औषधी खाने बित्तिकै सुत्नु भनेको खाना खाने बित्तिकै सुत्नु जस्तै हो । सुत्नुभन्दा कम्तिमा १५-२० मिनेट अघि मात्र औषधी खानु राम्रो हुन्छ । स्वास्थ्य खबरबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु