काठमाडौं, ८ कात्तिक – नेपाली चलचित्र जगतको लोकप्रिय अभिनेत्री प्रिंयका कार्कीले कोका–कोलाको जारी रहेको ग्राउण्ड एक्टिभेसन अवलोकन गरेकी छिन् । उनले पहिलो दिन कोटेश्वरको भाटभटिनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पलकारखानाको ग्राउण्ड एक्टिभेसनमा गएर आफ्ना फ्यानहरुसँग कोक शेयर गर्दै उनीहरुलाई पनि आफ्ना प्रियजनहरुसँग भावन व्यक्ति गर्न प्रत्सोहान गरेकी छिन् । प्रिंयकाले उपभोक्ताहरुसँग कुराकानी गर्दै फोटो पनि खिचेकी छिन् ।

दोस्रो दिन उनले आफ्नो परिवारसँग भ्रमण गरेकी थिइन र आफ्नो आमाको लागि कोका–कोलाको बोटलमा “लभ यू मामु” प्रिन्ट गरेर दिएकी थिइन । उनकी आमा छोरी प्रिंयकाको तर्फबाट कोकको बोटलमा पर्शनलाइज्ड म्यासेज प्राप्त गर्दा निकै खुसी भइन ।
दशैं र तिहारको पर्वमा कोका–कोलाले आमाहरुलाई बोलाउने प्रिय शब्द भएको ६ वटा लेबल सार्वजनिक गर्दै उपभोक्ताहरुलाई आफ्नो प्रियजनहरुसँग भावना व्यक्ति गर्न प्रत्सोहान गर्दै आएको छ । चाडपर्वको विशेष अवसरमा कोका–कोलाले आफ्नो फ्यानहरुलाई कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गर्ने अवसर दिएको छ ।
ग्राउण्ड एक्टिभेसनमा भमणको क्रममा प्रियंका कार्कीले भनिन्, “म शुरुवात देखिनै मन खोलौं कोक सँग अभियानको हिस्सा बन्दै आइरहेको छु र प्रत्येक पटक हामीहरुलाई विशेष महसुस गराउने कोका–कोलाकोे अभियान मलाई निकै मनपर्छ । म कोकको बोटलमा आफ्नो प्रियजनलाई म्यासेज प्रिन्ट गर्न मिल्ने अवधारणको साच्चै प्रशंसा गर्दछु र म निश्चित छु कि उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनु भएको छ ।”

सम्बन्धित खबरहरु