काठमाडौ । केही दिन पहिले खबर आएको थियो कि बेलायतमा लरी कन्टेनरमा ३९ जना मृ'त भेटिएका थिए । मृ'त फेला परेका ३९ जना मध्ये तीनजना भियतनामी नागरिक भएको खुल्न आएको छ । बुधबार एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् । बाँकी अन्य भने चिनियाँ भएको बताइएको छ ।

२६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश थियो, ‘आमा बुवा, मेरो विदेशयात्रा असफल भयो, म साँच्चै माफी चाहन्छु । सा'स फे'र्न सकिनँ म बाँच्न सकिन, आमा बुवा म तपाईहरुलाई साँच्चै धेरै माया गर्छु ।’उक्त मेसेज पठाएपछि परिवारले उनीसँग सम्पर्कविहिन भएको जानकारी दिएको छ । समाचार एजेन्सीहरुले माईलगायत अन्य तीनजनाको परिवारबारे जानकारी पाएको उल्लेख गरेका छन् ।


माई ले मा'नव त''स्करहरुलाई बेलायत पुग्न ३० हजार पाउन्ड तिरेको पनि बताइएको छ । माईको अन्तिम मेसेज मंगलबार प्राप्त भएको थियो । बेल्जियमबाट प्रस्थान गरेपछि उनले मेसेज पठाएको र त्यसपछि कुनै जानकारी नआएपछि कन्टेनरमा मृ'त हुनसक्ने परिवारको आशंका छ । माईको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लागेकी थिइन् ।

२० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्या'न गु'माउन पुगेका हुन् । प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृ'त्यु चिसोको कारण भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।

निकै कम तापक्रमका कारण उनीहरुको मृ'त्यु भएको हुनसक्ने बेलायती सञ्चारमाध्यमहरुको दावा रहेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो । बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा ३९ जना मृ'त फेला परेका थिए । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए ।

घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन प'क्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ । एजेन्सी'

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु