काठमाडौं । विगत छ महीनादेखि अवरुद्ध सोलाबाङ धाउने बालुवा सडकखण्ड आजबाट सञ्चालन भएको छ । वर्षा शुरु भएसँगै अवरुद्ध भएको उक्त सडकखण्डको कौछेमा झरेको पहिरो हटाएसँगै तिहारको मुखैमा आजबाट यातायात सेवा पुनः सञ्चालन गरिएको हो ।

एमडी गु्रप कम्पनीको डोजर लगाएर वर्षाका कारण सडकमा खसेको पहिरो हटाउनुका साथै बाटोमा रहेका खाल्डाखुल्डी पुरिएको छ । हरेक वर्षको वर्षा शुरु हुनेबित्तिकै सिस्ने गाउँपालिका वडा नं ७ को कौछेमा निरन्तररूपमा झरिरहेने पहिरो झर्न रोकिएपछि मर्मतको काम शुरु गरिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लगातार चार दिन लगाएर सोलाबाङ–धाउने–बालुवा सडकखण्डको आठ किलोमिटर सडक मर्मत गरिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बूढाले जानकारी दिनुभयो । बाटो सञ्चालन भएसँगै छ महीनायता सुनसान भएको सडकमा आजबाट यातायातका साधन गुड्न थालेको उपाध्यक्ष बूढाको भनाइ छ । उक्त सडकखण्डमा यातायात सेवा सञ्चालन भएसँगै यात्रुलाई पनि सहज हुने उहाँको भनाइ छ ।

बाटो मर्मत भएसँगै सिस्ने गाउँपालिकाको वडा नं ७ र ८ मा सजिलै पुग्न सकिने भएको छ । त्यसैगरी उक्त सडकखण्ड हँुदै रुकुम ९पश्चिम०, सल्यान, दाङलगायतका जिल्लामा पुग्न सहज हुने स्थानीयवासीले बताएका छन् ।

सम्बन्धित खबरहरु