काठमाडौ । जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटामा आमाको मृत्यु पछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र बनेका छन् । आमा बच्ची लुवारको गत साउन मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन् ।

घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन वर्षका देबदत्त र छ महीनाकी वसन्ती छन् । सम्पत्तिको नाममा एउटा घरसमेत नभएकी सुकीलाई नाति नातिनी पाल्न निकै सकस भएको छ । छ महीनाकी वसन्तीलाई गाईभैँसीको दूध मागेर पालिरहनुभएको छ । दुबैजनालाई पाल्नका लागि गाउँ चाहर्ने गरेको उहाँले बताउनुभयो ।

अलपत्र रहेका दुवैजना कुपोषित भएका छिमेकी सुमित्रा भण्डारीले बताउनुभयो । आफूलाई कसरी यिनीहरुको पेट पाल्ने भन्ने चिन्ताकै कारण उपचारसमेत गराउन नसकिएको बजै सुकीले बताउनुभयो । सरकारले आमा र बच्चालाई लक्ष गरेर ‘सुनौला हजार दिन’ कार्यक्रम ल्याए पनि र स्थानीय निकायले लिटो, अण्डा, कुखुरा वितरण गरे पनि उनीहरुले अहिलेसम्म केही सहयोग पाएका छैनन् । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु