काठमाडौ । पछिल्लो समय एक जोडीको बिहे निकै चर्चामा छ । मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका वृद्ध र १८ वर्षकी युवतीबीच भएको हो । इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।

त्यहाँको एक वेबसाइटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनियांगकहाँ सामान किन्न जाँदा उनीहरुको प्रेम सुरु भएको थियो । सुलेमान ५ छोराछोरी र ९ नाति नातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको निधन भएको थियो ।

पत्नीको मृत्युपछि स्थानीय लोहारको घरमा आवश्यक फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो । एक वर्षको प्रेमपछि उनीहरुले बिहे गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु