काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार हिन्दू, जैन, सिख र बौद्ध धर्मका अनुयायीहरूलाई साथमा राखेर तिहारको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यो उत्सवले अमेरिकामा धार्मिक स्वतन्त्रता छ भन्ने सन्देश दिएको बताउनुभयो । अमेरिकामा लामो समयदेखि हिन्दुहरुको पर्व मनाउने गरिएको छ । यो भारतीय दुतावासको पहलमा भारतीय समुदायसँग बसेर उहाँले तिहार मनाउनु भएको हो ।

उहाँले आफ्नो सरकारले सबै धर्मको सम्मान गर्ने भन्दै भन्नुभयो, ‘मेरो प्रशासनले यो सुनिश्चित गर्नेछ कि हाम्रो संविधान बमोजिम सबै धर्मका मानिसहरुको धार्मिक अधिकार सुरक्षित छ । तिहारमा म र मेरी श्रीमती मेलानिया तपाईलाई ज्योतिको यो चाडको शुभकामना दिन्छौं ।’ उहाँले अगाडी थप्दै भन्नुभयो, ‘यो चाड़ अमेरिका र विश्वभरि उपस्थित हिन्दू, जैन, सिख र बौद्ध धर्मका अनुयायीहरूका लागि अवसर हो, जसले अन्धकारमा ज्योतिको विजयको सन्देश दिन्छ । यसले अज्ञानतामा,ज्ञानलाई र खराबमा राम्रो कुरा गर्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु