काठमाडौं । आज नेपाली बजारमा १० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भएको छ । यसपटकको तिहारमा ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदी कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको हो । तिज र दशैँमा समेत उच्च मुल्यका कारण उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने केही सन्तोषजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बितेका ४–५ दिनमा कारोबारले रुप फेरेको महासंघको दावा छ । तर, यो कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको पनि जानकारी दिइएको छ । यसपटक सुनको भाउ तोलाको ७० हजार नाघेपछि सुनको बजार कम हुँदै गएको हो । वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ । यो भाउ भोलि बुधबारसम्म कायम रहने जानकारी दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु