काठमाडौं । विश्वभर आ'तंकवाद फैलाउँदै हिडेको संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादी मा'रिँएको खबर हालै बाहिर आएको छ । उनलाई अमेरिकी सेनाको कुकुरले बंकर भित्र लखेट्दा उनले आत्मघा'ति हम'ला गरेर आफुसहित परिवारका तीन बच्चाहरुलाई सिध्याएका थिए । अहिले उक्त कुकुरको चारै तिर तारिफ भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दै यस बारे जानकारी दिनु भएको छ ।

ट्रम्पले लेख्नु भएको छ, ‘हामीले अचम्मको कुकुरको तस्बिर घोषित गर्‍यौं (जसको नाम वर्णन गरिएको छैन) जसले आईएसआईएस नेता अबु बकर अल बगदादीलाई समातेर मा'र्न यति ठूलो काम गर्यो !’ यो सँगै उक्त भिडियो सार्वजनिक हुने भएको छ । अमेरिकाले बग्दादी मा'रिँदाको भिडियो सार्वजनिक गर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलनमार्फत बग्दादी मा'रिँदाको भिडियो पनि सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

https://twitter.com/realDonaldTrump/status/1188909031403900928

तीन दिनअघि बग्दादी मा'रिएको समाचार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न सञ्चार माध्यमले प्राथमिकताको साथ छापेका थियो । बग्दादी मा'रिएको विषयमा केही देशबाट आशंका व्यक्त भइरहेका बेला ट्रम्पले भिडियो नै सार्वजनिक गर्ने बताएका हुन् । राष्ट्रपति ट्रम्पले अपरेशनका मुख्य घटनालाई समेटिने गरी भिडियो सार्वजनिक हुन सक्ने बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु