काठमाडौं । एशियाली मुलुक फिलिपिन्समा पटकपटक भुकम्पको धक्का महसुस हुँदै आएको छ । दक्षिणी फिलिपिन्समा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा २ जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्रविन्दु कोटाबाटो प्रान्तको तुलुनान शहरभन्दा उत्तरपूर्व रहेको अधिकारीहरुले जानकारी दिएका छन् । फिलिपिन्स इन्सिटिच्युट अफ भोल्कालोलोजी एण्ड सिल्मोलोजीका अनुसार केन्द्रविन्दु मनिलाबाट ९७२ किलोमिटर दक्षिणतर्फ रहेको थियो ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको जानकारी दिइएको छ । गत अक्टोबर १६ मा सोही क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ७ जनाले ज्यान गुमाएका थिए भने २१५ जना घाइते भएका थिए । फिलिपिन्स प्यासिफिङ रिङ्ग अफ फायरमा पर्दछ । उक्त क्षेत्रमा विश्वमा जाने भूकम्पको ९० प्रतिशत भूकम्प जाने गर्दछ ।

https://twitter.com/ANCALERTS/status/1189007394161881088

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु