काठमाडौ । आज देश तथा विदेशमा भएका नेपालीहरुले भाइटीका धुमधामसँग मनाएका छन् । कलाकार, राजनीतिकर्मी, पत्रकार लगायत हरेक पेशा तथा व्यवसायसँग सम्बन्ध भएका सबैले तिहारको अन्तिम दिन भाइटीका लगाएका हुन् । यो बीचमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि तिहारमा भाइटीका लगाएका छन् ।

पत्रकारितासँगै समाजसेवामा पनि लागेका उनले दिदीहरु लक्ष्मी र दुर्गाको हातबाट टीका ग्रहण गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘धेरैले माया गरेर ‘रबि दाइ’ भनेपनि म चाहिँ परिवारकै कान्छो भाई । दुई दिदी लक्ष्मी र दुर्गा, दुई दाइ हरिशरण र हरिचन्द्र । देश बिदेशबाट माया गर्ने सम्पुर्ण दिदी बहिनीहरुलाई भाईटिकाको धेरै धेरै शुभकामना ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु