काठमाडौं । निवर्तमान कप्तान पारस खड्काले राजीनामा दिएपछि खाली रहेको राष्ट्रिय क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी मल्ललाई दिएको हो । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनौट गरेको जानकारी दिएको छ । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गर्नुभएको थियो । उहाँले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएको बताइएको छ ।

राजीनामापछि पनि कप्तानमा फर्किन क्यानले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उनको राजीनामा स्वीकृत भएको हो । अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिइएको हो । पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तान रहँदा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका खेल्दै आएका थिए । अब उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु