काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईरमधेशका जनतासँग हृदयदेखि प्रेम रहेको दाबी गरेका छन्। महोत्तरीको पिपरामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले मधेशी जनताले विजयी गराएर आफू संविधानसभामा दोस्रो पटक गएकाले मधेशी जनतासँगै आफ्नो प्रेम रहेको बताए।

स्थानीय निर्वाचनका बेलामा मैले मधेशका जनतासँग साच्चै हृदयदेखि प्रेम छ, त्यो प्रेम सदा रहिरहनेछ भनेर भनेको थिए। मेरो भनाइले राष्ट्रिय रूपमा चर्चा पाएको थियो। विभिन्न ढंगले टिकाटिप्पणी भएको थियो, उनले भने, आज पनि म दोहोर्याएर भन्छु, तराई मधेशका जनतासँग जुन प्रेम छ त्यो निरन्तर कायम रहिरहनेछ।

उनले आफू तराईरमधेशकै मतले दोस्रो पटक प्रधानमन्त्री भएको बताए। तराई मधेशका जनतालाई केन्द्रित भएर आएका विकासका आयोजनाहरू कम्युनिष्ट पार्टीकै नेतृत्मा आएको प्रचण्डले दाबी गरे। फास्ट ट्रयाकको शिलान्यास, जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने सडकको योजना आफू प्रधानमन्त्री भएको बेलामा बनेको उनले दाबी गरे।

यो सडक बनाउन ढिलो भएमा आफैं आएर यहाँका जनतासँगै अनसनमा बस्ने उनले चेतावनी समेत दिए। निजगढ विमानस्थलको काम, रेलमार्ग निर्माण, कमला कोसी डाइभर्सन परियोजना केपी ओलीको नेतृत्वमा अघि बढ्ने अध्यक्ष दाहालले बताए। सबभन्दा पहिला प्रदेश २ मा रेल आउने उनको आश्वासन थियो।

प्रदेश दुईको विकासले द्रुत गति लिएको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफू मधेशकै साथमा रहेको बताए। तराईरमधेशको विकासका लागि समर्पित पार्टी नेकपा मात्रै भएको भन्दै अरुले भ्रममा मात्रै पार्ने गरेको दाबी गरे।

दाहालले आउँदो उपनिर्वाचनमा द्विविधा नभइकन नेकपालाई मत दिन समेत आग्रह गरे। पिपराको निर्वाचनले २ नम्बर प्रदेशकै ध्यान तानेकाले सुशासन, विकास र समृद्धिका पक्षमा मत दिन उनले आग्रह गरे। पिपरा गाविसको अध्यक्षका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। राजपाका तर्फबाट निर्वाचन जितेका गाउँपालिका अध्यक्ष विनोद चौधरीको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु