काठमाडौं । अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै काममा फर्कने बताउनु भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीले आफू चाँडै काममा फर्किने बताउनु भएको हो । मिर्गौलामा गम्भीर समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा राखिएका प्रम ओलीले प्रेस सल्लाहकार डा.कुन्दन अर्यालसँग छोटो कुराकानी गर्दै आफू काममा फर्किन आतुर रहेको बताउनु भएको हो ।

[caption id="" align="aligncenter" width="960"] File Photo[/caption]

भेघाटमा थोरै कुराकानी गर्नुभएका प्रधानमन्त्रीले चाँडै भेटौँला भन्नुभएको अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले आफू अस्पतालबाट काममा फर्किन तयार रहेको बताउनु भएको छ । उपचारमा संलग्न चिकित्सकहरुले पनि अब्जर्भेसनमा राखिएकाले आज दिउँसोसम्म डिस्चार्ज गरिने बताएका छन् । तर, डाक्टरहरुले प्रम ओलीलाई अस्पतालमै राखेर आराम गराउन चाहेका छन् ।

आज दिउँसो पठाउने कुरा चिकित्सकहरुबाट आए पनि अस्पतालमै अबजर्भेसन गर्दा राम्रो हुने उनीहरुको भनाइ रहेको उहाँले स्पष्ट पार्नुभयो । अर्यालले भने, ‘भीभीआईपी (प्रधानमन्त्री)लाई बढी आराम गराउन खोजेको देखियो ।’ बुधबार सरकारी निवास बालुवाटारबाट लगेर ग्रान्डीको चौधौँ तल्लास्थित आईसीयूको १४१६ नम्बर बेडमा राखिएका प्रमलाई यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भेट्नु भएको थियो ।

अर्यालले प्रमलाई आराम गराइएकाले अन्य कसैसँग भेट्न नदिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेको पाइएपछि बुधबार दिउँसो नै डाइलाइसिस गरिएको छ । ओलीलाई स्वासप्रश्वासको पनि समस्या देखिएको छ । चिकित्सकहरुले फोक्सोमा पानी जमेको जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु