काठमाडौं । राजनीतिक लाभका लागि सामुहिक ह'त्या गरेको आरोपमा पक्राउ परेका सांसदबारे नयाा खुलासा भएको छ । ह'त्या आरोपमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलमको संलग्नतामा रौतहट ब'म वि'ष्फोटका घाइतेलाई इटाभट्टामा ज'लाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । १२ वर्षअघि रौतहटको राजपुरमा भएको वि'स्फोटका मृतक र घाइतेलाई इट्टाभट्टामा ज'लाएको प्रहरीले तयार पारेको प्रतिवेदनले उल्लेख गरिएको छ ।

तत्कालीन प्रहरी अधिकारी, प्रत्यक्षदर्शी तथा पीडित परिवारको बयानका आधारमा प्रतिवेदन तयार पारिएको प्रहरीले जानकारी दिएको छ । प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताउनुभयो । सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनका आधारमा सोमबार मुद्दा दर्ताको प्रक्रिया सुरु हुँदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आलमविरुद्ध ब'म वि'ष्फोट, ज्यान मा'र्ने उद्योग र कर्तव्य ज्यान गरी तीन मुद्दा लगाउन प्रहरीले राय दिएको छ । प्रहरीको अनुसन्धानमा आलम र फरार रहेका अरु तीन जनालाई घटनाको मुख्य दोषी किटान गरिएको छ । उनी यस प्रकरणमा दोषि ठहर भएका जीवनभर जेल सजाय भोग्नुपर्ने हुन्छ । प्रदेश नम्बर दुईमा छठको आइतबार सार्वजनिक बिदा परेकाले आलमलाई सोमबार अदालतमा पेश गरेर अभियोग पत्र दायर गरिने भएको हो ।

सम्बन्धित खबरहरु