काठमाडौं । भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० बिषयमा सम्झौता गरेका छन् । भारत भ्रमणमा रहनुभएका जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई मुलुकका अधिकारीहरूबीच नौसेना, अनुसन्धान तथा विकासको क्षेत्रमा कृत्रिम वौद्धिकतालाई रोक्न हरीत शहरको गतिशिलताका लागि इन्डो–जर्मन साझेदारी र रणनीतिक आयोजनालाई मजबुत पार्न सहकार्य गर्ने बिषयमा सहमति भएको भेटपछि दुई देशद्वारा जारी गरेको संयुक्त घोषणापत्रमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

घोषणापत्रमा नागरिक उड्डयन, अन्तर्राष्ट्रिय स्मार्ट शहरी सञ्जाल, सीप विकास र व्यावसायिक शिक्षा तथा तालीमको अनुभव आदानप्रदान गर्ने उल्लेख छ । बिमाकृत श्रमिक तथा अपाङ्ग व्यक्तिहरू व्यावसायिक रोगहरू, पुनरूद्दार तथा पेशागत तालीमका क्षेत्रलगायत बिषयमा पनि अनुभव आदानप्रदान गर्ने सहमति दुई देशले गरेका छन् । एएनआई

सम्बन्धित खबरहरु