बिजुलीको पोल मर्मत नहुँदा स्थानीयले यसरी प्रयोग थाले

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ कार्तिक, २०७६

काठमाडौं । प्रयोग नहुँदा बिजुलीको तार कपडा सुकाउन प्रयोग भएको छ । सर्लाहीको कौडेना गाँउपालिकामा गत असारको अन्तिममा ढलेको बिजुलीको पोल हालसम्म पनि मर्मत हुन सकेको छैन । भारी वर्षाका कारण क्षतिग्रस्त भएको पोलमा अहिले स्थानीयले लुगा सुकाउन प्रयोग गरिरहेका हुन् । हजार भोल्टेज विद्युत् प्रवाहको लागि निर्मित पोलका तारहरु भुइँमा अलपत्र अवस्थामा छरिएका छन् । केही तार चोरी भएको छ भने भएका तार पनि लुगा सुकाउन प्रयोग हुँदा पनि विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले मर्मतमा चासो देखाएको छैन । वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले भने पानी जम्न कम भएपछि पोल उठाउने जानकारी दिनुभयो । हाल त्यस ठाँउमा अन्यत्रबाट विद्युत् प्रवाह भइरहेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु