काठमाडौं । प्रत्येक डाक्टरले उपचारको साथ साथै सावधानीका लागि पनि सल्लाह दिन्छन् ताकि तपाईं छिटो निको हुनहोस् । ती मध्ये एक खाना हो ।

वास्तवमा, हामी के खादा स्वास्थ्यलाई असर गर्छ भन्ने कुराको ख्याल गर्नुपर्ने हुन्छ । त्यसैले हामी तपाईंलाई त्यस्ता चीजहरूको बारेमा जानकारी दिन गैरहेका छौं, जुन तपाईं कुनै पनि प्रकारको औषधि सेवन गर्दा टाढा रहनु पर्छ ।

चिया, कफी
धेरै औषधीहरू त्यस्ता हुन्छन् जुन तातो चीजहरूको सम्पर्कले बिग्रने गर्दछन् । तिनीहरूको कोटिंग पहिले नै तातो पानीले घुलिएको हुन्छ । त्यसैले चिया, कफी वा कुनै उम्लने चीजको साथ औषधि खानु हुदैन ।

अमिला फलफुल
अमिला फलफुल वा जुससंग औषधी सेवन गर्नू हुँदैन । अमिला फलफुल वा जुसले ५० भन्दा बढी औषधिहरूलाई असर गर्दछ । यसले शरीरमा समस्याहरू धेरै हदसम्म उत्पन्न गर्न सक्छ ।

त्यसैले यस्ता फलफुल सेवन गर्नु हुदैन । जस्तै (एलर्जीको लागि फेक्सोफेनाडाइन (एलेग्रा) लाई बढावा दिन्छ र जसले तपाईंको कोलेस्ट्राल बढाउँन सक्छ । यस्तो अवस्थामा तपाईले कागति, सुन्तला, अंगुर, अचार, खुर्सानीजस्ता खाने कुरा खानु हुदैन ।

केरा
केरामा प्रशस्त मात्रामा पोटोशियम हुन्छ, जुन स्वास्थ्यको लागि राम्रो मानिन्छ । यदि रक्तचापको औषधीहरू जस्तै क्याप्टोप्रिल, एंजियोटेंसिन, आदि खाइरहनु भएको छ भने केरा सहित पोटासियम समृद्ध खाद्य पदार्थको सेवन गर्नु हानिकारक मानिन्छ । जस्तै रेसादार तरकारीहरू, सुन्तला आदि खानु हुदैन ।

यी औषधीहरूको साथ अत्यधिक मात्रामा पोटेशियमयुक्त खाद्य पदार्थ सेवन गर्दा मुटुको धडकन बढ्न सक्छ । तसर्थ, पोटासियम युक्त खाना जस्तै रक्तचाप औषधीको साथ केरा लिनु भन्दा पहिले डाक्टरसंग यसका बारेमा सल्लाहा लिनु राम्रो हुन्छ ।

दुग्ध उत्पादन
दुग्ध उत्पादनहरू जस्तै दूध, चीज, बटर, र अमिलो क्रीमले तपाईंको शरीरमा केही एन्टिबायोटिकको प्रभावलाई असर गर्न सक्छ । केहि प्रोटेनहरूसँग प्रतिक्रिया गर्दछ जस्तै क्याल्शियम र दूधमा म्याग्नीशियम, जसले केही औषधिहरूको प्रभावलाई कम गर्दछ ।

रक्सी
गल्तीले पनि औषधी खाइरहेका बेलामा रक्सी पिउनु हुँदैन । औषधीमा धेरै रसायनहरू हुन्छन् जुन मदिरा पिउँदा विपरित दबाब सिर्जना गर्दछ । यस्तो अवस्थामा औषधीले तपाईंलाई फाइदा भन्दा पनि नोक्सान पुर्याउने कार्य गर्दछ । उसै पनि मादक पर्दाथ सेवन स्वास्थ्यका लागि लाभदायक हुँदैन ।

सोडा वा चिसो
सोडा र चिसो पेय पर्दाथ साथ औषधि लिनु हुदैन । यस्तो अवस्थामा तपाईंको औषधी तपाईंको लागि हानिकारक हुन सक्छ । यी बाहेक अन्य धेरै कुराहरु पनि ख्याल गर्नुपर्छ । औषधि प्रयोग गर्दा तपाईले चिकित्सकहरुको सल्लाह अनुसार गर्नुपर्छ ।

सम्बन्धित खबरहरु