काठमाडौं । भारत मध्य प्रदेशको ग्वालियरमा एउटा मोटरसाईकल चालक र उसको साथीलाई अदालतले मापसे गरेर सवारी चलाएको र यातायात नियमको पालना नगरेको भन्दै भारु ३५ हजार जरिवाना तिराएको छ । चालकलाई २३ हजार र पछाडी बसेको युवकलाई १२ हजार रुपियाँ जरिवाना लगाइएको हो ।

[caption id="" align="aligncenter" width="2592"] Photo : Google[/caption]

अदालतले मोटर सवारी ऐनको नयाँ दरहरुका अनुसार जरिवाना लगाएको हो र तिनीहरूको लाइसेन्स पत्र पनि निलम्बित गरिएको छ । तीन दिन अगाडी डीडी नगर निवासी रामकेश सिंह साथी उदयवीरसंग घर जाँदै थिए । दुबैजनाले मदिरा सेवन गरी सडकमा बाईक लहराउँदै थिए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

डीडी नगर तिराहा स्थित महाराजपुरा पुलिस स्टेशनले उनीहरूलाई रोकेर अनुसन्धान गर्यो । दुबै ड्राइभिङ लाइसेन्स, बीमा र अन्य कागजातहरू केही पनि नभेटिए पछि प्रहरीले उनिहरुलाई जरिवाना तिर्न लगाएको थियो । उनिहरुको मेडिकल गराएर प्रहरीले नियन्त्रणमा लिएको हो । चलान जेएमएफसी राम मनोहर सिंह डांगीलाई पेश गरिएको थियो । श्रोत : दैनिक भास्कर

सम्बन्धित खबरहरु