आलम प्रकरण : त्यो बेलाका एसपी र आलमको सल्लाहमा घाइतेलाई इँटा भट्टामा जलाइएको थियो


काठमाडौं । राजनीतिक लाभका लागि भएको रौतहट ब’म वि’स्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार (आज) मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो। अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ। प्रहरीले तत्कालिन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ ।

 

File Photo

वि’स्फोटलाई लुकाउन त्यतिबेला सिंगो राज्य नै लागेको थियो । तर, अहिले भने त्यतिबेला चुप भएका प्रहरी अधिकारी पनि मुखर भएका छन् । नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर तथा रौतहटमा कार्यरत तत्कालिन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘वि’स्फोटका घाइते भएकाहरुलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो।’ अधिकारकर्मीहरुको तत्कालिन प्रतिवेदनले पनि घाइतेहरुलाई ट्रयाक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले बोली फेर्दै अहिले ‘घटनाको जानकारी थियो, अनुसन्धान गर्न भनेको थिएँ,’ भनेर कागज गरिदिएका छन् । इलाका प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज इन्द्र सुवेदीले अनुसन्धानकर्तालाई भने, ‘धमाकासहित वि’स्फोट भयो, घटनास्थल जान मोबाइल टोलीसहित गेटबाट निस्केको थिएँ, एसपी साबले तुरुन्त जिल्ला बोलाउनुभयो।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना