सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेहरुकाको शोकमा सार्वजनिक विदा


काठमाडौं । यात्रुसहितको बस सुनकोशीमा खसेर मृत्यु भएका व्यक्तिहरुका लागि स्थानीय सरकारले विदा दिएको छ । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आइरहेको बा २ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकै नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका छन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाका १५ जना परेका छन्, जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा परी मृत्यु हुनेको शोकमा आज शैलुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको हो । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने बताउनु भएको छ ।

दुलालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ। शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना