काठमाडौं । लामो समयदेखि चिकित्साक्षेत्रको सुधारका लागि अभियान चलाउदै आउँनु भएका डाक्टर गोविन्द केसी फेरि अनशन बस्न लाग्नु भएको छ । हालै अबकाश पाउँनु भएका अभियन्ता केसी डडेल्धुरा पुग्नु भएको छ । उहाँ १७ औँ पटक अनशन बस्‍न डडेल्धुरा पुगनु भएको हो । डा केसी डडेल्धुरा जिल्ला सदरमुकाम आइपुगेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले पुष्टि गर्नुभयो ।

[caption id="" align="aligncenter" width="1700"] File Photo[/caption]

 

आफुले केसी डडेल्धुरा पुग्नुभएको खबर पाएको उहाँले जानकारी दिनुभयो । केसी अनशन कहाँ बस्नुहुन्छ भन्ने कुरा आफुलाई जानकारी नभएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केसी अस्पतालमा चाहिँ अनशन बस्नुहुँदैन । केसीले आफ्नो संघर्षका क्रममा दुर्गममा पनि मेडिकल कलेज खोल्नुपर्ने माग राख्दै आउँनु भएको छ । यसै बीचमा केसीले सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आउँनु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१५औँ अनशन तोड्दा सरकारसँग २०७५ साउन १० गते ‘डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन’ गर्ने भनिएको थियो। त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो। यद्यपि यो बुँदा एक वर्ष बित्दा पनि कार्यान्वयन भने भएको छैन । यस्ता छन् डा. केसीको १७ औँ अनशनका मागहरुः

  • २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
  • विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
  • आदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।
  • संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम संचालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपि कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम संचालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने ।
  • संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।

सम्बन्धित खबरहरु