महिनावारी हुँदा हरेक महिलाले जान्नैपर्ने यी ५ कुराहरु


काठमाडौं । महिलाहरुले किशोरवास्थामा प्रवेश गरेपछि गर्भधारण नभएसम्म हरेक महिना वा २८ दिनको अन्तरमा यो’नीबाट रगत बग्छ जसलाई महिनावारी भनिन्छ । यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र समय पुरा भएपछि आफैँ रोकिन्छ । महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । समाजमा यसलाई रजस्वला, पर सर्नु, नछुने हुनु आदि बिभिन्न नामले चिनिन्छ । डिम्बासयको डिम्ब(अण्डा)परिपक्व भएपछि केटीहरुको पहिलो महिनावारी हुने गर्छ ।

महिनावारी सामान्यतया ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्म कायम हुन्छ । महिनावारी सुरु भएपछि यो’नीबाट एक प्रकारको सेतो पानी बग्न थाल्छ । यो सामान्य प्रक्रिया हो तर अधिक मात्रामा सेतो पानी बग्ने ,गन्हाउने , यो’नी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार समयमै गर्नु पर्छ । नत्र पछि गएर यसले पाठेघरसम्बन्धी बिभिन्न समस्याहरु निम्त्याउन सक्छ । महिनावरी हुँदा यौनांगको सरसफाइ राम्रोसँग भएन भने पनि यस्तो समस्या हुने गर्दछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रजस्वला, हुनु प्राकृतिक प्रक्रिया हो र स्वस्थ्य अवस्थाको पनि संकेत हो । यसको बारेमा सही जानकारी वा चेतना नहुँदा पहिलो पटक रजस्वला, हुँदा धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो भनेर सोच्ने गर्दछन् । त्यसैले यसका बारेमा घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनु आवश्यक हुन्छ । रजस्वला वा महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु ।

महिनावारी हुँदा शरीरबाट सामान्य अवस्थामा ४ देखि ७ दिनसम्म रगत बग्नु समान्य मानिन्छ । तर कसैलाई १० देखि १५ दिनसम्म रगत बगिरहने समस्या भयो भने उपचार गराउनु आवश्यक हुन्छ । प्रत्येक दुइ – दुइ घण्टामा प्याड बदल्नु पर्ने अवस्था आयो भने त्यसलाई धेरै रगत बगेको मानिन्छ।

रजस्वला भएका बेलामा आफ्नो व्यक्तिगत सरसफाइमा बिषेश ध्यान दिनुपर्छ । यदि सरसफाइमा ध्यान दिइएन भने सेतो पानी गन्हाउने , यो’नी चिलाउने, पिसाब पोल्ने समस्या आउन जान्छ । त्यसैले यसको सरसफाईमा बिषेश ध्यान दिनुपर्छ । सफाइमा ध्यान नदिए यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ । यौनांगलाई दैनिक रुपमा सफा पानीले धुनुपर्छ , रगत लागेको छ भने मनतातो पानीले सफा गर्नु पर्छ ।

रजस्वला वा महिनावारी हुँदा शरीरबाट धेरै मात्रामा रगत बग्न गई शरीर कमजोर भएको महशुस हुन्छ । शरीरलाई बलियो र स्वस्थ बनाउन आवश्यक पौष्टिक आहार , हरिया सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, माछा,मासु र प्रशस्त मात्रामा झोलिला खानेकुरा खानुपर्छ । यसका लागि टुसा उमारेको झोल , चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको सेवन गर्नुपर्छ । जसले गर्दा शरीर स्वस्थ्य बनाउँन सहयोग मिल्छ र रक्त अल्पताबाट हुनबाट बचाउँछ ।

रजस्वला भएको बेलामा सफा नरम सुतीको कपडाको टुक्रा वा स्यानेटेरी प्याड प्रयोग गरेर सजिलै र सफासँग व्यवस्थापन गर्न सकिन्छ । अहिले बजारमा रजस्वलाका लागि बिषेश खालको मेन्सट्रुयल कप र टेम्पोन पनि आएका छन् । महिनावारी भएको बेलामा कसैलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने,हात खुट्टा करकर खाने, ,टाउको दुख्ने समस्या पनि हुन्छ । यस्तो बेलामा स्त्री रोग सम्बन्धीडाक्टरसंग परामर्ष लिनुपर्छ । यस्तो बेलामा डाक्टरको सल्लाहा बिना दुखाई कम गर्ने औँषधी सेवन गर्नु हुदैँन । एजेन्सी

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता