काठमाडौं । नेपाली ज्वाईको उपाधि पाएका बलिउड अभिनेता गोविन्दा अहुजा नेपाल आएका छन् । उनी श्रीमती सुनीतासहित मंगलबार काठमाडौं आइपुगेका हुन् । उनको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छिन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा पत्रकासँग छोटो कुराकानी गरे । उनले पत्रकार सम्मेलनमा टुक्रे नेपालीमा प्रश्नोत्तर गरे । गोविन्दाले नेपाली मुलकी युवतीसँग विवाह गरेका हुन् । गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् ।

नेपली मुलकी युवतीसँग कसरी विवाह भयो भन्ने जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए । वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्ने छ । महोत्सव प्रवेशका लागि एक सय रुपैयाँको टिकट राखिने आयोजकले जनाएको छ । उनी यो भन्दा पहिले पनि पटकपटक नेपाल आइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु