काठमाडौं । नेपाली भुमि कालापानी, लिपुलेक लगायतको भु–भाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालका चर्को विरोध सुरु भएको छ । नयाँ राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै केही दिन देखि देश भर नै प्रदर्शन भइरहेको छ । अहिले सत्तापक्ष र विपक्षी सबै पार्टीका भातृ संगठनहरु सडकमा आएका छन् । यसै क्रममा नेपाल विद्यार्थी संघ त्रिचन्द्र परिवारले राजधानी काठमाडौंस्थित भारतीय दूतावास अगाडि पुगेर विरोध प्रदर्शन गरेको छ । विद्यार्थीहरुले भारतलाई आफ्नो नक्सा सच्याउनका लागि दबाब स्वरुप विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ भन्ने प्ले कार्ड बोकेका थिँए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु