आफ्नो नयाँ नक्साबारे फेरि बोल्यो भारत, नेपाललाई दियो यस्तो सन्देश


काठमाडौं । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि परेको भन्दै नेपालमा भारतको विरोध सुरु भएको छ । अर्को तिर भारतले नेपालको एक इन्च भु–भाग पनि नक्सामा नदेखाएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवत्ता रवीश कुमारले आज भएको पत्रकार सम्मेलनमा नेपालमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै भारतले नेपाली भुमि नमिचेको दावा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ ।

भारतीय विदेश मन्त्रालयका प्रवत्ता रवीश कुमार

नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन । नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन ।’ यो सँगै उनले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन् । निहित स्वार्थ बोकेर नेपाल र भारतबीचमा मतभेद पैदा गर्ने कोशिश गरिरहेका स्वार्थहरुविरुद्व एकजुट हुन आवश्यक भएको कुरा पनि उल्लेख गरेका छन् । भारतीय नक्सालाई नेपाल सरकारले अस्विकार गरिसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं