काठमाडौं, २१ कात्तिक – शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज आफ्नो नेपालको आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ र नारायणघाटस्थीत यो कम्पनीको पाँचौं सर्भिस सेन्टर हो ।

अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भन्नुभयो, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।

यी नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पुर्याउनेछ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गीरावटसँगै पर्याप्त पहुँचयोग्यताले हामीलाई नेपालमा एमआई फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सम्बन्धित खबरहरु