काठमाडौं । वास्तु शास्त्र एउटा पुरानो विज्ञान हो । घर, भवन आदि निमार्ण गर्दा वा घरमा के–कस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् । यदि वास्तुका उक्त नियमहरु पालना गर्नाले घरमा सुख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ ।

यसका नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नाश हुने विश्वास वास्तु शास्त्रमा रहेको छ । वास्तुको नियम विपरित कार्य गर्दा घरका नकारात्मक उर्जाको आगमन हुने गर्दछ । जसले घरमा नकारात्मक उर्जा फैलाउँदछ र घरमा अशान्तिको बास हुने मान्यता रहेको छ । वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिल्लै पनि धनको अभाव हुँदैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वास्तुशास्त्र अनुसार अध्ययनलाई व्यवस्थित र अध्ययनमा लगनशिल र तिष्ण बन्नका लागि अध्ययन कक्षलाई व्यवस्थापन गर्न आवश्यक छ । त्यस कक्षामा प्रयोग हुने रंग, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्ने गर्छ । वास्तुका अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न आश्यक छ । वास्तु शास्त्रले विभिन्न दिशावाट प्राप्त हुने उर्जाका आधारमा कुनै पनि वस्तुको प्रयोग कसरी गर्दा फाइदा पुग्छ भन्ने जानकारी दिन्छ । आउँनुहोस् जाौं वास्तुबारे केही जानकारी...

वास्तुका अनुसार अध्ययन कक्षका भित्तामा हल्का निलो, घिउ , सेतो वा हल्का हरियो रंग लगाउनु पर्छ । यसले दिमागलाई शान्त पार्ने र नकारात्मक उर्जाको नास गर्दछ ।

वास्तु शास्त्रका अनुसार अध्ययन गर्ने कक्षका पूर्व–उत्तर दिशा हुनुपर्छ । यस दिशामा अध्ययन कक्ष बनाउनाले विद्यार्थीमा एकाग्रता बढ्ने विश्वास गरिन्छ ।

वास्तु शास्त्रका अनुसार किताबहरु वास्तु शास्त्रका अनुसार राख्ने दराज अध्ययन कक्षको पूर्व, उत्तर वा उत्तर–पूर्व दिशामा राख्नु पर्छ । पुस्तकहरु राख्ने दराज अध्ययन कक्षको उत्तर पश्चिम दिशामा राख्नु हुँदैन ।

वास्तुका अनुसार जुन कक्षमा सुत्ने गरिन्छ त्यही कक्षमा अध्ययन गर्ने गर्नु पर्दछ । अध्ययन टेबल दक्षिण–पूर्व दिशामा राख्नु पर्छ । दायाँ बाट आउने गरी अध्ययन टेबल राख्नु पर्छ ।

वास्तु शास्त्रका अनुसार अध्ययन गर्ने टेबल वर्गाकार वा आयातकार आकारको बनाउँनु पर्छ । टेबुलमा पुस्तकहरु छरेर राख्नु हुँदैन । एजेन्सी

सम्बन्धित खबरहरु