शक्तिशाली भूकम्प : पाँच जनाको मृत्यु, १२० जना घाइते


काठमाडौं । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।

File Photo

भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सन् १९९० मा इरानमा आएको ७।४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो । सिन्हवा

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराइयो, शिक्षकले टोल–टोलमै पढाउने
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता