काठमाडौं । नेपालको लिपुलेक, कालापानी लगायतको भुमि मिचेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालभर विरोध भइरहेको छ । सत्तापक्ष र विपक्ष नभनि सम्पुर्ण राजनीतिक दलहरुले राष्ट्रिय सहमति गरेका छन् । भारतीय नक्सा नेपाल सरकारले अस्वीकार गरिसकेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मञ्जिब सिंह पुरीलाई फोन गरेर कालापानी, लिपुलेक नेपालको भएको भन्दै स्पष्ट पार्नुभएको छ । अहिले केही मधेशवादी दलहरु बाहेक सबैले भारतीय कदम प्रति विरोध जनाएका छन् । अनेरास्वियु, र नेवि संघ पनि सडकमा निस्केको छन् । नेपालमा बढ्दो विरोधपछि भारतले आफुहरुले नक्सामा देखाएको भुभाग नेपालको नभई भारतको भएको बताइसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भारतीय विदेश मन्त्रालयका प्रवत्ता रवीश कुमारका अनुसार कालापानी, लिपुलेकलाई भारतले वर्षौ देखि आफ्नो मान्दै आएको छ । आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघ लगायत अन्य युवाहरुले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । यस्तै, सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । देशका विभिन्न क्षेत्रमा भारतीय यस कदमको खुलेरै विरोध भइरहेको छ ।

सम्बन्धित खबरहरु