काठमाडौं । भारतले उत्तर प्रदेशसँग जोडिएको नेपाली सीमा नाका बन्द गरेको छ । भारतमा लामो समयदेखिको विवाद अयोध्या मामिलामा भारतको सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउँदै छ । आज बिहान १०ः३० बजे फैसला सुनाउने तयारी गरिएको छ । फैसलापछि कुनै अप्रीय घटना हुन नदिन देशभरि विशेष गरि उत्तर प्रदेश र अयोध्यामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

[caption id="" align="aligncenter" width="1200"] File Photo[/caption]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वोच्चको फैसला अघि देशमा शान्ति कायम राख्न मानिसहरुसँग अपील गरेका छन् । मोदीले फैसला जे सुकै भएपनि यसलाई कुनै समूदायले आफ्नो जीत र कुनै समूदायले आफ्नो हार ठान्न नहुने बताएका छन् । उनले फैसलापछि पनि भारतमा शान्ती, सौहाद्र र सद्भाव देखाउन सबैलाई आग्रह गरेका छन् । अर्को तर्फ उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सर्वोच्च अदालतको फैसलाई जीत–हारको रुपमा नलीन आग्रह गरेका छन् । उत्तर प्रदेश पुलिसका अनुसार विवादित क्षेत्र अयोध्यामा ठुलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

राज्यका सबै जिल्लाहरुमा धारा १४४ लागु गरिएको छ भने आवश्यक परे मोबाइल सेवा बन्द गर्ने तयारी पनि गरिएको छ । राज्यका ३१ संवेदनशील जिल्ला र नेपालसँग सीमा जोडिएका ९ जिल्लाहरुमा निगरानी बढाईएको छ । फैसला अघि सर्वोच्चका मुख्य न्यायाधीश रंजन गोगोईले हिजो राज्यका मुख्य सचिव र पुलिस महानिर्देशकसित सुरक्षास्थितिको जानकारी पनि लिएका थिए । रामको जन्म स्थानलाई लिएर भारतमा लामो समय देखि बहस हुँदै आएको छ । राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको छ ।

हिन्दू र मुस्लिम सम्प्रदायबीच अयोध्यामा रहेको यो भूमिलाई लिएर लामो समयदेखि विवाद छ । हिन्दूले विवादास्पद भूमि राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन् । भारतले हालै सार्वजनिक गरेको नक्साप्रति नेपालमा विरोध सुरु भएको छ । कालापानी, लिपुलेक लगायतका भुभाग भारतले आफ्नो नक्सामा समेटेपछि विरोध भइरहेको छ । यो सँगै अयोध्या विवादले पनि भारतमा दं'गा भड्किन सक्ने अनुमान गरिएको छ । यसको प्रत्यक्ष वा अप्रतयक्ष असर नेपालमा पर्ने देखिएको छ ।

सम्बन्धित खबरहरु