सीमा विवादपछि नेपाल विरुद्ध चर्चित भारतीय पत्रिकाले यस्तो लेख्यो


काठमाडौं । नेपालको सीमा समेटेर नयाँ नक्सा बनाएको भारत विरुद्ध अहिले नेपालमा आन्दोलन अर्को रुपमा उठ्दै आएको छ । यो बीचमा नेपालमाथि गम्भीर आरोप भारत र अमेरिका मिलेर लगाएका छन् । इन्डियन मुजाहिद्दीन (आईएम) ले भारतमा आ’तंककारी घटनाहरू सञ्चालन गर्न नेपाललाई सबैभन्दा ठूलो आधार बनाएको छ । यसले लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हरकत उलजिहादी इस्लामीसँग पनि हात मिलाएको छ ।

अमेरिकी विदेश विभागले जारी गरेको ‘आ’तंकवाद सम्बन्धी देशहरुको प्रतिवेदन २०१८’ मा यसको खुलासा गरिएको छ । प्रतिवेदनमा आईएमको पहिलो उद्देश्य भारतमा आ’तंकवादी घटनाहरू गर्ने कुरा लेखिएको थियो । यस अन्तर्गत, नेपाललाई यसको मुख्य केन्द्रबिन्दु बनाउने बताइएको छ । यसका लागि यसले पाकिस्तान सहित मध्य पूर्व ­पश्चिम एशियाका देशहरूबाट पनि रकम प्राप्त गर्दछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२०११ मा आईएमलाई अन्तराष्ट्रिय आ’तंकवादी संगठनको रूपमा घोषणा गरेको थियो । काठमाडौंमा रहेको अन्तराराष्ट्रिय विमानस्थलमा नेपालको भारतसँगको खुला सिमाना र अपर्याप्त सुरक्षा प्रोटोकलहरूले यसलाई अन्तराराष्ट्रिय आ’तंकवादी संगठनहरूको शरणस्थान बनाउँदैछ । आईएमले २००५ देखि भारतमा बम विष्फोटहरू गरिरहेको छ । जसमा सयौं मानिसरुले ज्यान गुमाएका छन् । विदेशी आ’तंकवादी संगठन (एफटीओ) द्वारा ११ सेप्टेम्बर २०११ मा आईएमलाई अन्तराष्ट्रिय आ’तंकवादी संगठन घोषित गरिएको थियो ।

नेपालमा अहिले सम्म कुनै ठूलो आ’तंकी हमला भएको छैन । नेपालमा अहिलेसम्म कुनै पनि अन्तराष्ट्रिय आ’तंकवादी संगठनले कुनै आक्रमण गरेको छैन । उक्त प्रतिवेदनका अनुसार पाकिस्तानले आफ्नो भूमिमा आ’तंककारीहरूको लगानी, भर्ती र प्रशिक्षण रोक्न असफल भएको छ। अफगान तालिबान र हक्कानी नेटवर्कका लागि पाकिस्तान सुरक्षित आश्रयस्थल हो। यहाँका राजनीतिज्ञहरूले खुलेआम तालिबानलाई समर्थन गरेका छन्। आ’तंकवादी संगठनहरूले बलूचिस्तान र सिन्ध प्रान्तमा सरकारी, गैरसरकारी संगठनहरू र कूटनीतिक नियोगहरूलाई लक्षित गरेका छन् । दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तहको नतिजा सार्वजनिक : एसएमएसबाट यसरी नतिजा चेक गर्नुहोस्
स्नातकोत्तर तहको नतिजा प्रकाशित : मोबाईल एसएमएसबाट यसरी हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे निर्णय लिने
स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता