काठमाडौं । कर्णाली प्रदेशको जुम्ला खलंगाको मुख्य बजारमा आगलागी भएको छ । त्यहाँ रहेको नेवा किचनमा भीषण आगलागी भएको हो । होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो निभाइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भइएको हो ।


चन्दननाथ नगरपालिकाको दमकलले आगो निभाएको हो । शनिबार बिहान ९ बजतिर आगलागी भएको थियो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफैले आगो लागेको देखेपछि तत्काल सुरक्षा अधिकारीहरुलाई खबर गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट एक घर पर रहेको होटलमा आगो लागेको देखेपछि प्रजिअ बञ्जाडेले तत्काल मेयर कान्तिका सेजुवाललाई फोन गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दमकल ५ मिनेटमै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको बताइएको छ । अहिले दमकलमा हरेक दिन पानी भरेर तयारी अवस्थामा राख्ने गरिएकाले सजिलो भएको हो । सामान्य रुपमा हेर्दा देशको राजधानी काठमाडौंमा आगलागी हुँदा यति छिटो दमकल पुगेर नियन्त्रणमा लिएका घटना कमै हुन्छन् ।

सम्बन्धित खबरहरु