काठमाडौं । भारतका चर्चित अभिनेता सैफ अली खानले उनकी पहिली श्रीमतीका बारेमा खुलेर प्रशंसा गरेका छन् । सैफले अमृताले आफुलाई गम्भीरतासाथ काम गर्न सिकाएको बताएका छन् । एउटा अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरिरहेको थिए ।

त्यही क्रममा सैफले अमृताको तारिफ गरेका हुन् । सैफले अन्तर्वार्तामा घरबाट भागेर २० वर्षको उमेरमा अमृता सिंहसंग विवाह गरेको बताएका छन् । त्यसपछि आफ्नी पहिली श्रीमतीले आफुलाई जिम्मेवार र आत्माविश्वासी बनाएको बताएका छन् । सैफले फरहान अख्तरद्धारा निर्देशित फिल्म ’दिल चाहता है’ पाएपछि उनी आफ्नो पात्रको बारेमा अलमल परेका थिए। यो कसरी गर्ने होला भनेर सोचिरहेका थिए । तब अमृताले उनलाई आफुमा भरोसा,विश्वास गरेर उक्त फिल्ममा अभिनय गर्न सल्लाह दिएकी थिइन् । सैफका अनुसार उनले फिल्ममा समीरको भुमिका कसरी खेल्ने भन्ने बिषयमा संग सोध्ने गर्थे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस बेला आमिर खान समेत उनलाई यस बारे सल्लाह दिएका थिए । सैफका अनुसार अमृताले उनलाई सबैलाई सोध्नुभन्दा आफ्नै तरिकाले अभिनय गर्न सुझाब दिएकी थिइन् । त्यसपछि आफुले अमृताको सल्लाहलाई पछ्याए काम गरेको र जसमा आफु सफल पनि भएको बताएका छन् । सैफले १९९१ मे १२ मा अमृता सिंहसँग विवाह गरेका थिए । त्यसपछि छोरी सारा अली खान र छोरा इब्राहिम अली खानको जन्म थयो । सैफ र अमृताले २००४ मा सम्बन्भविच्छेद गरेका थिए । २०१२ मा, सैफले आफुभन्दा १० वर्ष सानी करीना कपूरसँग विवाह गरेका थिए ।

सम्बन्धित खबरहरु