समाचारलाई लिएर अस्पतालले दियो पत्रकारलाई ध’म्की


काठमाडौं । समाचार लेखेको विषयमा पत्रकार शिव लम्साललाई ध’म्की आएको छ । नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएको छ । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार लम्साललाई ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका रजत श्रेष्ठले समाचार प्रशारण गरेको विषयमा ज्यान मा’र्ने सम्मको ध’म्की दिएका हुन् ।

 

योहो टेलिभिजनमार्फत कात्तिक १६ गते प्रसारण भएको क्राइम विशेष कार्यक्रममा प्रसारित सामाग्रिलाई लिएर ब्लुक्रस हस्पिटलका श्रेष्ठले लम्साललाई ध’म्की दिएको लम्सालले जानकारी दिएका छन् । ब्लुक्रस हस्पिटलमा उपचाररत एकजना विरामीको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विरामीका आफन्त तथा हस्पिटलको उपचार प्रकृयालाई लिएर टेलिभिजनमा कार्यक्रम प्रस्तुत भएको थियो ।

लम्साललाई आएको ध’म्कीलाई लिएर युनियनले निकालेको विज्ञप्तीमा, ‘समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अस्पतालको जिम्मेवारीमा रहेका नीज श्रेष्ठ सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ ।’ भनिएको छ । विज्ञप्तीमा ध’म्की दिने अस्पताललाई कारबाहीको माग समेत गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना