काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १७ औं पटक डा. गोविन्द आठ दिनदेखि अनशन बस्दै आएका छन् । उनी डडेल्धुरामा अनशन बसेको आज आठ दिन पुगेको छ । अनशनरत डाक्टर केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ । स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएकाले उपचार गर्न कठिन भएको अस्पतालले जानकारी दिएको छ ।

[caption id="" align="aligncenter" width="1920"] File Photo[/caption]

डाक्टर केसीलाइ थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । अहिले हेलिकोप्टरलाई सैनिक ब्यारेकमा राखिएको छ । केसीलाई काठमाडौं ल्याउने तयारी भएपछि अहिले डडेल्धुरामा आन्दोलन भइरहेको छ । नागरिक समाज डडेल्धुराले डडेल्धुरामा बन्दको घोषणा गरेको छ । बन्दका कारण गर्दा त्यहाँको जनजिवन अस्तव्यस्त बनेको छ । डडेल्धुरा, डोटी बैतडीलगायतका सात पहाडी जिल्लामा जाने गाडीहरु ठप्प भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु